सरकारले जर्बजस्ती गरे ओलाम्पिक निलम्बनमा पर्न सक्छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, माघ ११, २०७३



 ‘यो भवन अन्तराष्ट्रिय ओलाम्पिक कमिटिले बनाईदिएको हो । उसले हामीलाई प्रयोग गर्न मात्र दिएको हो । आईओसीले मान्यता नदिएको समुहले उसैले बनाईदिएको भवनमा तालाबन्दी लगाउँदा त्यसको परिणाम घातक हुन सक्छ । खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा खेल्नै नपाउने अवस्था पनि आउन सक्छ ।’

काठमाडौँ । नेपाल ओलाम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडिहरुको भविष्य चौपट पार्ने गरी अराजक गतिविधी नगर्न आग्रह गरेका छन् ।
रुक्म शमसेर राणा नेतृत्वको समुुहले हिजो आफुुहरु आधिकारिक भएको भन्दै ओलाम्पिकमा तालाबन्दी गरेपछी आज ओलाम्पिक परिसरमा पत्रकार सम्मेलन गरी अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतले २०७२ सालमा गरेको फैसला नबुुझेर  अनावश्यक रुपमा अराजक काम नगर्न चेतावनी दिए ।

 
अध्यक्ष श्रेष्ठले २०७२ सालमा सर्वोच्च अदालतले रुक्म शमसेर राणाको नेतृत्वमा काठमाडौ जिल्ला प्रशासन कार्यालयमा, धुुब्रबहादुर प्रधानको नेतृत्वमा डोटी जिल्ला प्रशासन र आफ्नो नेतृत्वमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका ओलाम्पिक कमिटिहरु फरक फरक भएकोले त्यसतर्फ सोच्न सुुझाव दिए ।

 
खेलाडिहरुको भविष्यलाई चौपट बनाउने गरी जर्बजस्ती गरेर अन्तराष्ट्रिय ओलाम्पिक कमिटिको भवनमा तालाबन्दी गर्ने काम भएको उनले बताए । उनले भने ‘यो भवन अन्तराष्ट्रिय ओलाम्पिक कमिटिले बनाईदिएको हो । उसले हामीलाई प्रयोग गर्न मात्र दिएको हो । आईओसीले मान्यता नदिएको समुहले उसैले बनाईदिएको भवनमा तालाबन्दी लगाउँदा त्यसको परिणाम घातक हुन सक्छ । खेलाडीहरुले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा खेल्नै नपाउने अवस्था पनि आउन सक्छ ।’

 
अध्यक्ष श्रेष्ठले आफुहरुले अदालतको फैसला अनुसार काम गरिसकेको बरु राणा नेतृत्वको समुहले एक महिनाभित्र निर्वाचन गराउन दिएको आदेशको अवज्ञा गरेको दावी गरे । उनले गैरकानुनी रुपमा भवन कब्जा गरेको थाहा पाएपछी आफुले हिजै स्थानिय प्रशासन समक्ष शान्ति सुरक्षाको माग गरे अनुसार नै प्रहरी परिचालन भएको बताए ।
उनले नेपाली खेलाडीहरुको क्षमता विकासका लागि कतार  रशियासंग द्धिपक्षीय समझदारी गरेको र जापान, इजरायल  जस्ता देशहरुसंग खेलाडिहरुको लागि प्रशिक्षणको व्यवस्था गर्ने विषयको सम्झौता अन्तिम चरणमा पुुगेको बताए ।

 
ओलाम्पिकमा गरिएको तालाबन्दीले आगामी साग गेम र ओलाम्पिकको तयारीलाई अन्धकारतर्फ धकेलेको भन्दै उनले त्यसतर्फ सोच्न सरकारलाई आग्रह गरे ।
उनले कसैले भवन कब्जा गर्दैमा ओलाम्पिक कब्जा नहुने बताए । श्रेष्ठले युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले भोली दुवै पक्षबीच वार्ता गराएर निकास खोज्ने जानकारी आफुलाई गराएको बताए ।

 
रुक्म शमसेर राणा नेतृत्वको समुहका कार्यबहाक अध्यक्ष किशोर बहादुर सिंह समुुहले हिजो सातदोबाटोमा रहेको नेपाल ओलाम्पिक कमिटिको भवन कब्जामा लिदै तालाबन्दी गरेको थियो । आज श्रेष्ठ नेतृत्वको ओलाम्पिक कमिटिले पनि अर्को ताला लगाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata