हिउँदे खेलकुदका लागि ११ सदस्यीय टोली जापान प्रस्थान

शुक्रबार, फाल्गुन ६, २०७३

loading...


काठमाडौँ । जापानको सापोरा शहरमा सुरु हुन गईरहेको हिउँदे खेलकुद प्रतियोगितामा सहभागि हुन खेलाडी तथा पदाधिकारीहरुको एक टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाल ओलाम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्ट तथा ओलाम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाको नेतृत्वमा टोली जापान गएको हो । नेपाली टोलीले अन्तरदेशीय रुपमा स्की र अल्पाईन स्कीको प्रतिश्पर्धामा भाग लिने छ ।

स्कीको प्रतिश्पर्धा भाग लिन पाउने खेलाडीहरुमा मनिकला राई, संगिता लामा, सफल राम श्रेष्ठ, मार्शल, ओशाम किमुरा, तेजबहादुर गूरुङ, वीरेन्द्र श्रेष्ठ र अफिसियलका रुपमा समिम मियाँ अन्सारी रहेका छन् ।

1146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Samsung health right side Samsung health right side bottom