एनएलएद्वारा अर्जुन महर्जनको नेतृत्वमा ललितपुर बारको प्यानल घोषणा

मङ्लबार, मंसिर ३, २०७६



काठमाडौं । मंसिर ७ गते हुने ललितपुर बार एशोसिएशनको निर्वाचनमाका लागि गणतान्त्रिक, प्रगतिशिल, पेशागत तथा समाबेशी कानून व्यवसायी समूहले आफ्नो प्यानल घोषणा गरेको छ ।

निर्वाचन प्रगतिशलि समूहले निर्वाचनका लागि अधिवक्ता अर्जुन महर्जन नेतृत्वमा कार्यसमितिले प्यानल घोषणा गरेको हो । जसमा उपाध्यक्ष शुशिल पोखरेल,सचिव कृष्ण प्रसाद सुवेदी,कोषाध्यक्ष शरद राना मगर सह सचिव, रजिता थापा ,सदस्यमा गोपाल मुकुन्द जोशी , सुजित कुमार भुजेल , दिलिप देशार, थरि प्रसाद कंडेल ज्ञान बहादुर श्रेष्ठ, विदुर बहादुर घिमिरे, मिरा महर्जन,बिरेन्द्र(खड्का,सावित्री केसी र नवीन केसी रहेका छन । जसमध्ये महिलाहरु निर्विरोध निर्वाचित भइसकेको प्रगतिशिल प्यानलले जनाएको छ ।

उक्त प्यानले पेशागत,न्यायापालिकाको सम्बन्ध र कानून व्यवसायिकको सुरक्षा र मान अधिकार प्रतिका प्रतिबद्धता समेत घोषणा गरेको छ । कानून व्वसायीकाे सुरक्षा,जीवन बीमा,मानव अधिकारकाे रक्षा,गणतन्त्रलाइ सस्थागत गर्नका लागि एनएलएलाइ मतदान गर्न अाग्रह गरेकाे छ । साथै विगतमा भएको १२ बुँदे शान्ति सम्झौता, ८ बुँदे सहमतिको कार्यान्ययन र कानून व्यवसायीको दक्षता अभिबृद्धि तथा कानूनी प्राज्ञिब अनुसन्धानका लागि प्रगतिशिल प्यानलाई मतदान गर्न आग्रह गरिएको छ ।

सबै कानूनी व्यसायी समान हौं भन्ने भावनाको विकास गर्दै सह अस्तित्वका आधारमा समुधुर पेशागत सम्बन्ध कायम गर्नका लागि एनएलएलाई मतदान गर्नु पर्ने आग्रह गर्दै प्रतिबद्धता समेत घोषणा गरेको छ ।

विगतदेखी नै एनएलएले न्यायकाे पक्षमा मलपट्टी लगउने काम गरेकाेले एनएलएलाइ बिजयी गराउनु पर्ने अभिबक्ता तथा अनेरास्वीयू ल क्याम्पसका अध्यक्ष हरि पंगीनीले बताए । ल क्याम्पसमा उम्मेदवारहरुको परिचायात्मक तथा चियापान कार्यक्रममा अध्यक्ष पंगीनीले न्यायपालिकामा हुने भ्रष्ट्राचार, ढिलासुस्ती, अनियमितता जस्ता कुराको अन्त्यको लागि एनएलएलाई विजयी गराउन अनुरोध गरे ।

a

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata