भ्रष्टाचारको सजाय काटिरहेका पूर्व पाकिस्तानी प्रधानमन्त्री अस्पताल भर्ना

आइतवार, माघ २०, २०७५



लाहोर । पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफलाई अस्पताल भर्ना गरिएको छ । भ्रष्टाचारको मामिलामा सात वर्षको जेल सजाय भोगिरहेका पूर्व प्रधानमन्त्री शरिफ केही दिन देखि मुटुको समस्या झेलिरहेका थिए । शरिफको स्वास्थ्य स्थितीको बारेमा विशेष मेडिकल बोर्डले गम्भीर ढंगले अनुसन्धान गरिरहेको जनाइएको छ ।

अल अजिजिया स्टिल मिल्स भ्रष्टाचार काण्डमा लाहोरको लखपत जेलमा सजाय काटिरहेका ६९ वर्षीय शरिफलाई सर्भिसेज हस्पिटलमा भर्ना गरिएको जनाएको छ ।

अधिकारीले जनाए अनुसार शरिफलाई भर्ना गर्नु पूर्व अस्पताल प्रशासनले चिया नास्ता खुवाएको थियो । अस्पतालको भिआइपी कक्षमा भर्ना गरिएका शरिफको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पञ्जाव प्रान्तीय सरकारले चिकित्सा बोर्डलाई सिफारिस गरे पश्चात सरकारी सर्भिसेज अस्पतालमा भर्ना गरिएका शरिफ कति दिन अस्पतालमा रहने छन् भन्ने कुरा खुलाइएको छैन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata