निष्ठाका बिक्रेताहरू

आइतवार, साउन २०, २०७५

- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र



निष्ठाको खरिदबिक्री गर्न
सिद्धहस्त शिकारीहरू
मौका छोपेर
घर र पसलहरू चाहारि रहन्छन्
त्यसैबाट
पैसामा इमान साट्न
भुसीह्या कुकुरहरू जस्तै गरि
चोक र गल्लीभित्र भौंतारिन्छन् ।

@—————————–—–
अस्वस्थ मनस्थिति भएकाहरू
स्वस्थ जीवन भएकाहरूको डाहा गर्छन
स्वस्थलाई अस्वस्थ बनाउन
अनेकौं वितन्डा मचाउछन
त्यस्तै
लुटेर खान पल्केकाहरू
कमाएर खान अल्छी गर्छन
अनि
स्वाङ्ग पारेर नखरा बनाउन
तल्लिन अल्छीहरू
जिउदाहरूलाई
जेल र नेलको अनेकौं  विभत्स सुनाएर
निष्ठाको खरीदविक्री गर्न निकै तम्सने गर्छन्

@—————————–————–
सत्ता र शक्तिको आड पाएकाहरूले
दासत्वलाई वरदान ठान्छन्
अनेकौं पटक मन अदलबदल गर्दै
आफू सत्तामा टिकिरहन
विविध बहाना गरेर अर्कोलाई तौली रहन्छन्
पुनः
एक नभए अर्को सँग
सांठगाँठको रेखी कोर्छन्
सत्ता वा शक्तिमा संक्रमण देखिए
त्यही रेखी टेकेर
अरूको दोहोलो काडछन्

@—————————–—–
सत्तामा टिकिरहन चाहानेहरू
दुनियाँका अगाडि
आफुले आर्ज्याको बहाना बटुलेर
विकासमा तिर्खाएको स्वाङ् पार्छन

मोही र पानीको तृष्णा मेट्न
समुन्द्री किनारमा उभिएर
अन्तरङ्गी  छालहरूको
दृश्यावलोकनले प्यास मेट्न उद्दत हुन्छन

@—————————–—-
रातोदिन दस नङ्ग्रा खियाएर
शिर उच्चो भएकाहरू
आफ्नो कर्ममा विश्वास गर्छन
विचौलियाहरूबाट
रतिभर विचलित नभइ
आफ्नै जिन्दगीमा स्वाभिमानको धार लगाएर
चुनौतीहरूको सामना गर्दै
खडेरीको सतीसाल जस्तै
पूरा उमेर भर ठिङ्ग उभिरहन्छन
उभिरहन्छन !

@—————————–—–

254 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank