गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु

मङ्लबार, पुस २९, २०७६



काठमाडौं । कार दुर्घटनामा परेर गायक निशान भट्टराईको मृत्यु भएको छ ।

गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेष्टुरेन्टबाट फर्किने क्रममा आफैंले चलाएको कार तीनकुनेमा दुर्घटनामा परेको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिएअनुसार ट्रमा सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो ।  उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती…’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो ।

निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्ले उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए ।

त्यसपछि उनी सोही क्षेत्रमा काम गर्न थालेपछि रेडियो नेपालको जागिर पनि छोडेको उनको भनाइ छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments