निर्वाचन कार्यालय अगाडि शंकास्पद वस्तु विस्फोट

बिहिबार, कार्तिक २१, २०७६



कास्की । उपनिर्वाचनको मनोनयन दर्ता कार्यक्रमको समय शुरु हुनेबित्तिकै मुख्य निर्वाचन अधिकृतको कार्यालय, कास्की नजिकै शंकास्पद वस्तु विस्फोट भएको प्रहरीले जनाएको छ । वैदाम प्रहरी कार्यालय घटनास्थलमा पुगेर हाल छानबिन गरिरहेको छ ।

निर्वाचन कार्यालयभन्दा केही पर रहेको पर्यटक बसपार्कमा ठूलो आवाजसहित विस्फोट भएको थियो । वैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जनाएका छन् ।

मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी शुरु भएको छ । निर्वाचनमा भाग लिनको लागि मनोनयन दर्ता गर्न दलका उम्मेदवारहरु केही बेरमा कार्यालय पुग्दैछन । कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata