निर्मला हत्याकाण्ड: काठमाडौं सहित देशभर प्रदर्शन

शनिबार, भदौ ३०, २०७५



काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको न्याय माग्दैं आज काठमाडौं सहित देशभरका २३ बढि स्थानमा विशाल प्रदर्शन गरिएको छ ।

निर्मला पन्तको बलातकारपछि हत्या भएको ५२ दिन वितिसक्दा समेत सरकारले दोसी पत्ता लगाउन नसकेको भन्दै प्रदर्शनमा उत्रिएको अधिकारकर्मीहरुले जनाएका छन् । काकरभिट्टा हनुमान मन्दिर, अर्जुनधारा, दमक ,बिराटचोक,बिराटनगर,धरानको भानुचोक,इटहरीको रेयुकाई चोक ,इनरुवा लोकतान्त्रिक चोक,राजबिराज, भगवती मन्दिर,पाँचखाल, काभ्रे समाजकल्याण चोक, नेपालगंज बि पि चोक, पोखरा मानवअधिकार चोक, भरतपुर मेलाम्ची हेलम्बु बसपार्क ,गाईघाट पिपलचोक, विरगंज घण्टाघर,प्युठान, पाल्पा, जुम्ला,हेटौडा बुद्ध चोक, सिराहाकन्चनपुर, जनकपुर रामानन्द चोक र नुवाकोटको विदुर चोकमाप्रदर्शन गरिएको हो ।

panta

उनीहरुले बलात्कारीलाई फाँसी दे,निर्मलालाई न्याय दे लगाएतका चर्का नारा जुलुस लगाउदै विरोध जनाएका छन् । प्रदर्शनकारीले अपराधीको पहिचान गर्न नसकेको भन्दै आक्रोस समेत व्यक्त गरेको छन् ।

उनीहरुले सरकारले बलात्कारी,हत्याराहरुलाई जोगाउने प्रयास गरेको आरोप समेत लगाएका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank