निर्मला बलात्कार र हत्याको अनुसन्धान सकियो, को हो बलात्कारी ?

सोमवार, अशोज ८, २०७५



काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको छानविन सकिएको छ । छानविन गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । बलात्कार हत्याका विषयमा अनुसन्धानका क्रममा भेटिएका सबै विबरण प्रतिवेदनमा उल्लेख गरिएका छन् ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिले मंगलबार प्रतिवेदन बुझाउन लागेको गृह मन्त्रालयका एक अधिकारीले नेपालपाटीलाई जानकारी दिए । बलात्कारी र हत्यारा को हो ? प्रतिवेदनले किटान नगरेको स्रोतले बताएको छ । स्रोतका अनुसार समितिले बलात्कारी किटान नगरेपनि अनुसन्धानका क्रममा देखिएका प्रमाणले पत्ता लगाउन सजिलो हुनेछ । निर्मलाको बलात्कार र हत्याको अनुसन्धानमा खटिएका प्रहरीको भूमिका शंकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो। समितिका सदस्य वीरेन्द्र केसीले हत्याको अनुसन्धान सकिएको बताए । तर बाँकी गृहमन्त्रालय नै बताउने भन्दै कुरा खोल्न चाहेनन । निर्मलाको बलात्कार पछि हत्या भएको घटनाको करिब दुर्इ महिना पुग्न लागेको छ ।

स्रोतका अनुसार निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न १६ प्रहरीको पोलिग्राफ टेस्ट समेत सकिएको छ । त्यसलगत्तै समितिले प्रतिवेदन बुझाउन लागेको हो । प्रहरी प्रधान कार्यालयमा भएको टेस्टमा तत्कालिन प्रहरी प्रमुख एसपी डिल्ली राज विष्ट र कञ्चनपुर प्रहरीका १२ जना तथा सीआइबीका डिएसपी अंगुर जीसीलगायत छन् । उनीहरु सबैको पालिग्राफ टेस्ट सकिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोलिग्राफ टेस्ट हुनेमा डिएसपी ज्ञानबहादुर सेटी, इन्स्पेक्टरहरु जगदिश भट्ट तथा एकेन्द्र खड्का, सई डिकर, देव पन्त र असई रामसिंह धामीलगायत छन् । एसपी विष्ट र डिएसपी जीसीको सबैभन्दा पहिले पोलिग्राफ टेस्ट गरिएको थियो ।

1341 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank