निर्मला पन्त बलात्कारका आरोपी विष्ट निर्दोष, विष्ट र बम दिदीबहिनी रिहा

मङ्लबार, भदौ २६, २०७५



महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा पक्राउ परेका दिलिप बिष्ट रिहा भएका छन् । निमर्ला पन्त र उनको डिएनए नमिलेपछि उनी रिहा भएका हुन् । प्रहरीले ४ भदौमा भीमदत्त नगरपालिका, १९ बागफाँटाका ४१ वर्षीय दिलिपलाई निर्मला हत्याकाण्ड अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।

दिलिप २६ दिन थुनामा रहेका थिए । त्यस्तै बम दिदीबहिनी पनि आजै रिहा भएका छन् । बम दिदीबहिनी १८ दिनमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बम दिदीबहिनी रोशनी, बबिता र दिलिप हाजिरी जवानीमा रिहा गरेको हो ।

विधि विज्ञान प्रयोगशालामा पठाएको डिएनए म्याच नहुँदा दिलिपलाई उनका दाजु खड्क सिंह बिष्ट र बम दिदीबहिनीलाई बाबु दिपेन्द्र बमको जिम्मा लगाइएको छ । दिलिपको रगतको नमुना र डिएनए परीक्षणमा म्याच नभएकाले उनी निर्मलाको बलात्कारपछि हत्यामा संलग्नता नभेटिएको पुष्टि भएको छ ।

को हुन हत्यारा ?
निर्मला पन्तको बलात्कार र हत्या थप रहस्यमय बनेको छ । उनको बलात्कारमा हाईप्रोफाइलका व्यक्ति रहेको आशंका गरिएको छ । छानविन समितिका सदस्यले दिएको राजीनामा र दिलीप विष्ट बलात्कारमा संलग्न नरहेको पुष्टिपछि घटना रहस्यमय देखिएको छ ।

उच्चस्तरीय छानविन समिति र प्रहरी स्रोतका अनुसार निर्मलाको वास्तविक हत्यारा पहिचानको दिशामा महत्वपूर्ण संकेत प्राप्त भएका छन् । ढिलो गरी स्थानीय वासिन्दाले केही महत्वपूर्ण सुराक दिएकोले ती सुराकमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

महानिरीक्षक खनाललाई दिइएको लिखित जानकारीमा आशंका गरिएको हत्याराले निर्मलासँगै १० साउनमा अर्की एक किशोरीलाई पनि भेट्न बोलाएको तर कारणवश अर्की किशोरी जान नपाएको उल्लेख भएको बताइएको छ ।

341 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank