निर्मलाका आमाबुबा अनिश्चितकालिन धर्नामा

आइतवार, कार्तिक २५, २०७५



काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तीन महिना भन्दा  बढी समय बितिसक्दा समेत हत्यारा पत्ता नलगाएको भन्दै निर्मलाका आमाबुबाले अनिश्चितकालिन धर्नामा बस्न लागेका हुन् ।

छोरीको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई हाल सम्म कार्बाही नगरेको भन्दै धर्नामा बस्ने निर्णय लिएको उनको परिवारले जनाएको छ । आइतबार निर्मला बलात्कार पछि भएकाे हत्याको बिषयमा  न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले जनाएका छन् ।

घटनाको निश्पक्ष छानविनकाे लागि विभिन्न समिति उपसमिती बनेका भए पनि उनीहरुले दोषी पत्ता लगाउन सकेका छैनन् । यस अघि गृहमन्त्रालयले घटनाको छानविनमा लापरबाही गरेको भन्दै तत्कालिन एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदिश भट्टलाई बर्खास्त गरिसकेको छ ।

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank