निर्मला हत्या : बलात्कार सामुहिक, पक्राउ परेका दीलिप संलग्न नरहेको खुलासा !

आइतवार, भदौ १०, २०७५



काठमाडौं । निर्मला पन्त बलात्कार र हत्याको नयाँ रहस्य खुल्न थालेको छ । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेको दीलिपसिंह बिष्ट बलात्कार र हत्यामा संलग्न नदेखिएको पाइएको छ । उच्चस्रोतका अनुसार दिदी बहिनी बविता र रोशनी पक्राउ गरेपछि घटनाले नयाँ मोड लिएको छ ।

‘मुख्य अभियुक्तलाई जोगाउन प्रहरीले बिष्टलाई योजना वद्ध रुपमा पक्राउ परेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ‘ स्रोतले भन्यो, ‘अनुसन्धान पुरा भएपछि के हुन्छ हेरौ प्रारम्भिक अनुसन्धानले खास अपराधी बिष्ट होइनन भन्ने देखिन्छ । ‘ दिदी बहिनीको पृष्ठभूमि गलत देखिएको ती अधिकारीको दावी छ । प्रहरीले एसपी डिल्लीराज विष्टका छोरा र भीमदत्त नगरपालिकाका मेयरका भतिजामाथि शंका गरेको छ ।

एसपी बिष्टको कनेक्सन !
एसपी बिष्टको योजना अनुसार अनुसन्धानलाई कमजोर बनाएर अन्त्य मोड्न खोजेको पनि शंका अनुसन्धान टोलीले गरेको छ । अनुसन्धान समितिको आग्रहमा सरकारले बिष्टलाई निलम्बन गरिसकेको छ । ‘यो हप्तामा बास्तविक हपराधी को हो भन्ने पत्ता लाग्छ’ स्रोतले नेपालपाटीलाई भन्यो, ‘अपराध लुकाउन सक्रिय रहेका कम्तिमा १२ जनामाथि सुरक्षा निगरानी पनि बढाइएको छ ।’

बलात्कार एक जनाले नभई सामुहिक रहेको पनि प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । साउन २९ गते नै एसपी बिष्टले एकजना मात्रै संलग्न भएको र पक्राउ गर्न लागेको बताएका थिए । अपराधी पक्राउ नपर्दै उनले कसरी त्यो जानकारी पाए ? अहिले घटनाको जरोबाटै अनुसन्धान गर्दा एसपी विष्टका आश्चर्यजनक अभिव्यक्ति पाइएका छन् ।

निर्मलाका परिवारसँग एसपी विष्टले ‘बम दिदीबहिनीको हात छैन’ भनेका रहेछन् । त्यो पनि उनले पहिला नै कसरी जानकारी पाए ? छानविन समितिले अनौठो रुपमा हरेको छ ।

कमजोर अनुसन्धान

निर्मलाको शवको मुचुल्का गरेपछि खटिएको प्रहरी टोली शव नल्याइकन फर्केको उतिबेला नै स्थानीय वासिन्दाले बताएका थिए । स्थानीय वासिन्दा, महिला अधिकारकर्मी, परिवारजन र आन्दोलनकारीले प्रहरीको अनुसन्धान कार्यमा समेत प्रहरीको उदाशिनता रहेको आरोप लगाइरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी  विष्टमाथि अनुसन्धान कार्यलाई गम्भीरताका साथ अगाडि नबढाएको आरोप लाग्दै आएको थिए ।

साउन १० गते आफ्नो साथीकहाँ पढ्न गएकी निर्मला फर्केपछि प्रहरीलाई खबर गरे पनि वास्ता नगरिएपछि प्रहरी सुरुदेखि नै यस प्रकरणमा आलोचनाको पात्र बन्दै आएको छ । ११ गते स्थानीय वासिन्दाले शव फेला पारेपछि मात्रै प्रहरी शव पाइएको स्थलमा पुगेको तिथो । शव पाइएको ठाउँ प्रहरीले सिल नगर्दा दर्जनौं व्यक्तिको ओहरदोहर हुन गएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments