निर्मला हत्या प्रकरण: बयानका क्रममा यातना दिएको भन्दै प्रहरी विरुद्ध उजुरी

बिहिबार, असार ५, २०७६



काठमाडौं । गत साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका  निर्मला पन्तको घटना फेरी चर्चामा आएको छ ।

निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेको बेला प्रहरीले यातना दिएको भन्दै उजुरी दिएका छन । उक्त प्रकरणमा १६ दिन हिरासतमा बसेका विशाल चौधरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन । उनले बिहीबार तत्कालीन डिएसपी कृष्णराज ओझा र सालघारी बिटका इन्चार्ज असई राम सिंह धामीविरुद्ध जाहेरी दिए ।

अनुसन्धानका क्रममा प्रहरीले यातना दिएर घटना स्विकार्न लगाएको पीडितले जनाएका छन । पीडित बुबा बीरबहादुर चौधरीले भने, गर्दै नगरेको अपराध कुटेर स्विकार्न लगाइयो, हामीले कारबाहीको माग गरेका छौँ।’

चौधरीलाई हिरासतका क्रममा अपराध मैले गरेको हुँ भन, नत्र मारिदिन्छु भन्दै पटकपटक यातना दिएको आरोप लगाएका छन । चौधरीलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललेसमेत बयान लिएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata