धर्नामा बसेका निर्मलाका परिवारलाई स्वास्थ्यको ख्याल गर्न कानुनमन्त्री शाहको सुझाव

शुक्रबार, कार्तिक ३०, २०७५



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानुनमन्त्री प्रकाश शाहले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका निर्मला पन्तका परिवारलाई भेट गरेका छन् ।

शुक्रबार आन्तरिक तथा कानुन मन्त्री शाहले ६ दिन देखी धर्नामा रहेका निर्मलाका बाबु आमालाई भेटेर उनको स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएका हुन् । मन्त्री शाहले जाडोमा अर्को दुर्घटना हुन सक्ने भन्दै स्वास्थ्यमा ख्याल गर्न आग्रह गरे । उनले भने, ‘आफ्नो स्वास्थ्यलाई नबिग्रार्नु होस ।’हामी हत्याराको खोजीमा लागिरहेका छौं । प्रदेश सरकार संघीय सरकारसँग समन्वय गरि पीडित परिवारलाई न्याय दिलाउन लागिरहेको बताए ।

बालिका हत्या भएको तीन महिना वितिसक्दा सम्म पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै निर्मलाका परिवारले दुख व्यक्त गरेका छन् । विहिबार निर्मलाका आमा बुबाको स्वास्थ्य विग्रदै गएको भन्दै स्वास्थ्यकर्मीको टोलीले धर्नास्थलमै पुगेर स्वास्थ्यको परिक्षण गरेका थिए ।

चिसो बढ्दै गएका कारण उनीहरुको स्वास्थ्यमा संक्रमण हुन सक्ने भन्दै सुरक्षित बस्न स्वासथ्य कर्मीहरुले सुझाव दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank