न्यायको माग गर्दै पाँच दिन देखी धर्नामा बसेका निर्मलाका आमा बुवाको स्वास्थ्य अबस्था जटिल बन्दै

बिहिबार, कार्तिक २९, २०७५



कञ्चनपुर । बलात्कर पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै पाँच दिन देखी धर्नामा बसेका निर्मलाका आमा बुबाको स्वास्थ्य अबस्था जटिल बन्दै गइरहेको छ ।

गत आइतबार देखी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडी न्यायको माग गर्दै निर्मलाका परिवारहरुले धर्ना सुरु गरेका थिए ।  चिसोका कारण  धर्नामा बसेका  निर्मला पन्तका अामा बुबालार्इ  रुघाखोकी तथा ज्वरो आउने जस्ता समस्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोलीले निर्मलाका आमा बुवाको स्वास्थ्य परीक्षण गरेका छन् । बढ्दै गएको चिसो कारण उनीहरुमा रुघाखोकी र ज्वरोको संक्रमण हुन सक्ने चिन्ता स्वास्थ्यकर्मीले लिएका छन् ।

उनीहरुको स्वास्थ्य अबस्थाको बारेमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धर्ना स्थलमा पुगेर जानकारी लिएका छन् । पीडित परिवारले सरकारले निर्मला पन्तको हत्या भएको ३ महिना वितिसक्दा समेत कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

212 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank