नेपाली आरोही निर्मल पुर्जाले राखे १४ वटा हिमाल चढेर नयाँ विश्व कीर्तिमान

७ महिनामा १४ वटा हिमाल आरोण

बुधबार, कार्तिक १३, २०७६



काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले ७ महिनाको अवधीमा सात महिनामा आठ हजार मिटरभन्दा अग्ला  १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान राखेका छन्।

३६ वर्षीया पुर्जाले मङ्गलवार बिहान चीनको शीशापाङ्मा हिमालको चुचरोमा पुगेर आफ्नो कार्य पूरा गरेका हुन्। यस अघि उक्त कीर्तिमान पोल्यान्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले आठ वर्ष लगाएर सन् १९८७ मा सो चुनौती पूरा गरेका थिए। संसारभरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन् ।

EIA-zUGWkAUwrc1

 

पुर्जाले गएको एप्रिलमा आफ्नो अभियान शुरू गरेका थिए र मेमा सगरमाथा चढेका थिए। उनले त्यहाँ खिचेको भिडको तस्बिरले संसारको ध्यान खिचेको थियो।

उनले सगरमाथा आरोहणको क्रममा चारजना अरू आरोहीहरूको उद्धार समेत गरेका थिए। उनले सगरमाथा, लोत्से र मकालु हिमाल पाँच दिनमा चढेका थिए।

quee_in_mt_EXLlhKIorc

सेप्टेम्बरमा उनको अभियान तिब्बतमा रहेको शीशापाङ्मा हिमाल चढ्न चिनियाँ सरकारले अनुमति नदिँदा रोकिएको थियो। नेपाल सरकारले चिनियाँ सरकारलाई अनुरोध गरेपछि उनले अक्टोबर १५ मा अनुमति पाएका थिए।

41043954_1566820786730075_r

निर्मल पुर्जाले चढेका हिमाल र सफल आरोहणको मिति

  • अन्नपूर्ण, नेपाल, एप्रिल २३
  • धौलागिरी, नेपाल, मे १२
  • कञ्जनजङ्गा, नेपाल, मे १५
  • सगरमाथा, नेपाल, मे २०
  • लोत्से, नेपाल, मे २२
  • मकालु, नेपाल, मे २४
  • नाङ्गापर्वत, पाकिस्तान, जुलाई ३
  • जी १, पाकिस्तान, जुलाई १५
  • जी २, पाकिस्तान, जुलाई १८
  • के २, पाकिस्तान, जुलाई २४
  • ब्रोड पिक, पाकिस्तान, जुलाई २६
  • चो यू, चीन, सेप्टेम्बर २३
  • मनास्लु, नेपाल, सेप्टेम्बर २७
  • शीशापाङ्मा, चीन, अक्टोबर २९
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata