मन्त्रीपुत्र दश करोड कमिशनको चक्करमा फसेपछी…..

सोमवार, माघ १०, २०७३



‘सेटिङमा काम गराउने गरी यो फाइल अगाडी बढेको छ । हामीले यसमा जोखिम मोल्न सक्ने ठाउँ छैन । मन्त्रीस्तरीय निर्णय नभएसम्म हामी टिप्पणी लेख्न सक्दैनौँ भनेका छौँ । तर रोक्न मुस्किल छ ।’

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल महराका कारण सुचना तथा संचार मन्त्रालय, दुरसंचार प्राधिकरण र राजश्व विभागका कर्मचारीहरु तनावमा परेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछी नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेल आम्दानी वापत् नेपाल सरकारलाई  बुुझाउनुुपर्ने कर मीनाह गराउन लागि परेको छ । एनसेलले नेपालको कानुनन बमोजिम बुुझाउनुुपर्ने ३९ करोड राजश्व छुट गराउन उसले मन्त्री महराका पुत्र निर्मललाई प्रयोग गरेको हो । निर्मल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन । यसअघि पनि विभिन्न आर्थिक लेनदेनमा उनको नाम मुछिएको थियो ।

मन्त्रीपुत्र निर्मलले एनसेलको राजश्व छुृट गराउन तयार पारिएको पुरानो फाईल फेरी दुरसंचार प्राधिकरण र सुचना तथा संचार मन्त्रालयको फ्रिकवेन्सी शाखामा पुर्याएका छन् । स्रोतका अनुसार ३९ करोncellड रुपैयाँ राजश्व छुुट गराए वापत दश करोड सोलो कमिशन मन्त्री पुत्रले पाउने गरी काम अघि बढिरहेको छ ।

एनसेलको सो फाईलका कारण संचारमन्त्री सुरेन्द्र कार्की, सचिव महेन्द्रमान गुुरुङ, दुरसंचार प्राधिकरण तथा राजश्व विभागका अधिकारीहरु संकटमा परेका छन् । मन्त्रीपुत्र मार्फत काम गराए वापत दश करोड तिर्ने र बाँकी २९ करोड जोगाउने प्रपञ्चमा एनसेल लागेको छ । एनसेलको सो फाइल हाल सुचना तथा संचार मन्त्रालयको फ्रिक्वेन्सी शाखामा पुुगेको छ । संचार मन्त्रालयका एक अधिकारीले भने ‘यो फाइल पुरानै हो । एनसेल सेवा प्रदायक कम्पनी भएकोले तिर्नुपर्ने कर छुट गरिदिन दवाव आईरहेको छ । ’

संचार मन्त्रालयका अधिकारीहरुले मन्त्री पुत्रले निरन्तर रुपमा फाइर्एलका रुपमा सोधी खोजी गरिरहेको र छिटो काम गर्न दावव दिईरहेको बताउँछन् । नाम नखुलाउने सर्तमा एक अधिकारीले भने ‘सेटिङमा काम गराउने गरी यो फाइल अगाडी बढेको छ । हामीले यसमा जोखिम  मोल्न सक्ने ठाउँ छैन । मन्त्रीस्तरीय निर्णय नभएसम्म हामी टिप्पणी लेख्न सक्दैनौँ भनेका छौँ । तर रोक्न मुस्किल छ ।’

कर सम्बनधी विवादमा एनसेल फस्दै आएको छ । पुरानो लगानीकर्ताबाट हाल मलेसियाको एक्जीयटा कम्पनीले स्वामित्व खरिद गरेकोले पुरानो कर नतिर्ने भन्दै एनसेलले सर्त राख्दै आएको छ । तर संसदको अर्थ समितिले नेपालको कानुनु अनुसार तिर्नुपर्ने सम्पुर्ण कर एनसेललाई तिराउन  तत्कालिन अर्थमन्त्री डा. रामशरण महत र विष्णुु पौडेल तथा हालका अर्थमन्त्री कृष्णबहादुर महरालाई बैठकमै बोलाएर निर्देशन दिईसकेको छ । तर पनि आर्थिक लेनदेनमा मन्त्री महरा परेकोले फेरी एनसेलले राजश्व मिनाह गराउने प्रपन्च सुरु गरेको हो ।

संसदको अर्थ समितिका सभापति प्रकाश ज्वालाले एनसेलले कर नतिर्न फेरी फाईल अगाडी बढेको कुरा आफुले पनि सुनेको र त्यसका लागि मन्त्री महरासंग छलफल गर्ने बताए । उनले भने ‘आम्दानी वापतको कर मिनाह गर्न सकिदैन । अर्थ समितिले यस विषयमा धेरै पटक छलफल गरेर कर तिराउन निर्देशन दिईसकेको छ । यसमा तलमाथी गर्ने ठाउँ छैन ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments