निर्मला हत्याको सय दिन पूरा : हत्यारा पत्ता नलागेको प्रति चौतर्फी आलोचना

शुक्रबार, कार्तिक १६, २०७५



काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको सय दिन पुगेको छ । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ ।

पन्तको हत्या भएको सय दिन पुग्दा समेत सरकारले हत्यारा पत्ता नलाएको भन्दै चौतर्फी आलोचना हुँदै गइरहेको छ । अपराधी भन्दै सार्वजनिक गरिएका व्यक्ति निर्दोष ठहर हुनु, शंकाका भरमा समातिएका व्यक्तिको संलग्नता नभेटिनु, प्रमाण नष्ट गरिनुले प्रहरी अनुसन्धानमा नै पछिल्लो समय शंका चुलिएको छ । न्यायका लागि जारी भएको आन्दोलन पनि रोकिएको छैन । पीडित परिवार र स्थानीय महिलाले समेत न्यायका लागि सय दिन बिताएका छन् ।

निर्मलाका बुवा यज्ञराजले भने ,‘न्याय मागिरहेका छौं’। ‘सरकारले उल्टै पीडा दियो ।’ सरकार हत्यारा पत्ता लगाउनभन्दा अन्य विषयतर्फ केन्द्रित भएको उनको आरोप छ । गत साउन १० गते भीमदत्त नगरपालिका १८ भगतपुरमा साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिकाकै उखुबारीमा मृत भेटिएकी थिइन् । घटना पश्चात अनुसन्धानका नाममा आधा दर्जनभन्दा बढी टोली गठन भए ।

अनुसन्धानमा भएको लापरबाहीकै लागि पनि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति र प्रहरी प्रधान कार्यालयले समेत समिति गठन गरेको थियो । सबै अनुसन्धान टोलीले घटना छानविनमा लापरबाही भएको भन्ने प्रतिवेदन समेत सार्वजनिक गरेका थिए ।

निर्मला पन्तकाे न्यायका निम्ती अहिले पनि विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुले न्यायको माग गर्दै सरकारको कडा आलोचना गरिरहेका छन् ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank