निर्वाचन आयोगले ल्यायो निर्वाचन सम्वन्धि ५ ताजा सूचना

सोमवार, जेष्ठ १, २०७४



काठमाडौं, जेठ १ । वैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचनका लागि भएको निर्वाचनको पछिल्लो विवरण यस प्रकार छ
१.निर्वाचन सम्पन्न भएका स्थानीय तहमध्ये सोमबार बिहान ७ बजेसम्म ७९    स्थानीय तहको     मतगणना कार्य सुरु भइसकेको छ ।

२.रसुवा, धादिङ, डोल्पा, हुम्ला, गोरखा, मुगुलगायतका हिमाली तथा विकट क्षेत्रका     मतदान     केन्द्रका      मतपेटिकाहरू हेलिकोप्टरबाट आज बिहान सम्बन्धित     केन्द्रसम्म ल्याउने क्रम     सुरु     भएको छ ।     अन्य स्थानीय तहका सम्पूर्ण     मतपेटिकाहरु आज बिहानसम्ममा     सम्बन्धित मतदान केन्द्रमा     ल्याइपु¥याउने     जानकारी प्राप्त भएको छ ।

३.    कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ६ स्थित नन्दादेवी     मावि मतदान     केन्द्रका     मतपेटिकाहरु ढुवानीको क्रममा आइतबार साँझ ६     बजेको समयमा एक समूहले     एक्कासी बम     विष्फोट गराउनेलगायतका     आक्रमणका कार्य     गरी मतपेटिका लुटी     नोक्सान पारेकाले     सुरक्षाकर्मीले     सुरक्षार्थ गोली चलाउँदा     एकजनाको घटनास्थलमै मृत्यु     भएको छ । सो     घटनामा     घाइते हुने तीनजना घाइतेहरूलाई उपचारार्थ हेलिकोप्टरबाट     अस्पताल लैजाने तयारी     भइरहेको छ । सो     घटनामा पाँचजना     सुरक्षाकर्मीसमेत घाइते     भएको जानकारी प्राप्त भएको छ । मतदान     स्थगित     भएका र सामग्री लुटी नोक्सान     पारिएका मतदान केन्द्रमा पुनः     मतदानको व्यवस्था गरिने छ ।

४.    काठमाडौं उपत्यकामा काठमाडौं महानगरपालिकाबाहेक सबै स्थानीय     तहको     मतगणना सुरु     भएको     छ । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक     बसेर मतगणना सुरु गर्ने तयारी     हुँदैछ । यसैगरी,     भक्तपुर जिल्लाका     स्थानीय तहको मतगणनाको     तयारी हुँदैछ ।

५.दोलखा जिल्लाको मेलुङगाउँ     पालिकाको वडा     नं.१    को सत्तेश्वर     माविको     मतदान केन्द्र र     काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध गाउँ पालिकाको     वडा नं. ४ को     मतदान केन्द्रको मतदान कार्य     स्थगित भएको व्यहोरा     अवगत नै छ ।     कालिकोट जिल्लाको     कालिका गाउँपालिका बालाचौर     आधारभूत     विद्यालय मतदान केन्द्रको आइतबार     अपराह्न केही समय     स्थगित भएको     मतदान कार्य पुनः सुचारु गरी सम्पन्न भएको जानकारी     प्राप्त भएको छ ।

1240 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank