नीरव मोदी दोस्रो दर्जाको जेलको पाहुना बने

बिहिबार, चैत्र ७, २०७५



लण्डन । पन्जाव नेशनल बैंकको दुई अरब डलर कर्जा अपचलनको मुख्य अभियुक्त एवं आर्थिक अपराधी नीरव मोदी बेलायतमा पक्राउ परेका छन् ।

आर्थिक धोखाधडी गर्दै भागेका मोदी बेलायतमा पक्राउ परेसँगै उनलाई २९ मार्चसम्म हिरासतमा पठाइएको छ । सरकारी अधिकारीले जनाएअनुसार उनलाई दोस्रो दर्जाको जेलमा राखिने छ ! यस जेललाई पश्चिम युरोपको सबैभन्दा ठुलो जेलको रुपमा लिने गरिन्छ ।

दक्षिण लण्डन स्थित बैन्ड्स वर्थ जेल दोस्रो क्याटागोरीमा पर्ने गर्दछ । सुरक्षा जोखिम न्यून रहेका मानिसको निम्ति बनाइएको उक्त जेलमा उनी कानुनी प्रक्रिया पुरा नहुञ्जेलसम्म रहेने छन् । सन् १८५१ मा बनाइएको उक्त विशाल जेलमा १६२८ कैदी रहेको बताइएको छ । अमेरिका प्रत्यापर्णको प्रक्रियामा रहेका उनी २९ मार्चको सुनुवाई कुरेर दोस्रो दर्जाको जेलमा जीवन बिताउने छन् ।

गत मार्च १९ तारिखमा लण्डन प्रहरीको कब्जामा परेका उनी भारतीय रुपैयाँ १४,००० करोड घोटाला गरि फरार रहेका थिए । भारतीय हिरा व्यापारी नीरव मोदीले भारतको दोस्रो ठुलो बैंकबाट कर्मचारीको मिलेमतोमा ठुलो बैंकिङ फ्रड मच्चाउन सफल भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata