प्रकाश तिवारीको तेस्रो उपन्यास निहारिका बजारमा

बुधबार, अशोज ८, २०७६



काठमार्डौं । भनिन्छ साहित्य समाजको ऐना हो । यसले जीवन, जगत र दर्शनलाई चित्रण गर्ने गर्दछ । साहित्य विधालाई मनोबैज्ञानिक तवरबाट अघि बढाउँदै स्रष्टा, साहित्यकार तथा उपन्यासकार प्रकाश तिवारीको तेस्रो कृति निहारिका बजारमा आएको छ ।

उपन्यासकार तिवारी कृषि अनुसन्धान केन्द्रमा महाशाखा प्रमुख पदका रुपमा भए पनि उनले आफ्नो साहित्य लेखनलाई भने मर्न दिएका छैनन । कार्यालयको निकै कार्यव्यस्थताका बावजुद पनि उनले आफूलाई उपन्यासकारको रुपमा चिनाउन सफल रहेका छन । परित्यक्क, निलोफर पछि तेस्रो कृतिको रुपमा उनले निहारिका बजारमा ल्याउन सफल भएका हुन ।

tiwari

नेपालीहरुको महानचाड वडा दशैंको अवसर पारेर उपन्यासकार तिवारीले निहारिका ल्याएका हुन । निहारिको अर्थ अकाशगंगा हुन्छ ।
उक्त उपन्यासमा उपन्यासकारले समाजमा व्याप्त रहेको जातिय विभेद, समसामयिक राजनीतिक पृष्ठभूमिका साथै माया दलिय र ब्रामण जातिको प्रेम सम्म्बन्धका बारेमा चित्रण गरेका छन ।

ब्राह्मण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको आदर्श प्रेम, अन्तरजातीय विवाह, उनीहरूमाथिको पारिवारिक एवं सामाजिक उत्पीडन अनि त्यसविरुद्धको विद्रोह चेतनाको बारेमा प्रकाश पारेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata