धादिङको निलकण्ठ नगरपालीकाको मेयर उपमेयरमा माओवादी र कांग्रेस

शनिबार, जेष्ठ ६, २०७४



नीलकण्ठ नगरपालिका, धादिङको मेयरमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी भएका छन् । ढुंगाना आफ्ना प्रतिद्वन्द्वी एमालेका अर्जुनकुमार श्रेष्ठलाई ६ हजार ६ सय ९० मतमा रोकेर विजयी बनेका हुन् ।

विजयी ढुंगानाले प्रतिद्वन्द्वी श्रैष्ठको भन्दा झण्डै दोब्बर  १३ हजार १ सय ६६ मत ल्याए ।

उपमेयरमा भने माओवादी केन्द्रको पल्लाभारी भएको छ । केन्द्रका उम्मेदवार मनराज भण्डारी १० हजार ३ सय २३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत पाएकी छन् ।

यो नगरपालिकामा कांग्रेस–माओवादी तालमेल गरेर निर्वाचनमा होमिएका थिए भने एमाले एक्लै सहभागी भएको थियो ।

योसँगै धादिङका सबै स्थानीय तहको परिणाम सार्वजनिक भएको छ ।

382 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank