बेलायतले पठायो पहिलो महिला राजदूत

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले हिजो(बुधबार) आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेकी छन्।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको छ। दुई सय वर्षको अवधिमा बेलायतबाट राजदूत बनेर नेपाल आएकी निकोला पहिलो महिला हुन्।

निकोला सन् २०१४ देखि २०१६ सम्म उनले बेलायती प्रधानमन्त्रीको सहायक निजी सचिवका रूपमा काम गरेकी थिइन्।  त्यसपछि उनी  सोमालिया कन्फ्रेरेन्सकी संयोजक रहिन।  निकोला सन् २०१७ देखि ०१८ सम्म पूर्वी युरोप र मध्यएसिया निर्देशनालयमा अतिरिक्त निर्देशक थिइन्।

राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि निकोलाले नेपालीमै ट्वीट गर्दै लेखेकी छिन्- सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा अत्यन्त हर्षीत छु। दुई सय वर्षको कूटनीतिक सम्बन्धमा नेपालका लागि पहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महशुस गरेको छु।

अमेरिका र उत्तरी छिमेकी चीनले यसअघि नै नेपालमा महिला राजदूत पठाइसकेका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments