निजगढमा रुख नकाट्नु – सर्वोच्च अदालत

शनिबार, मंसिर २१, २०७६



बारा । सर्वाेच्च अदालतले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सबै प्रक्रिया रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजालसले निजगढ विमानस्थल निर्माणको कुनै पनि प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो  ।

विमानस्थल निर्माणका लागि कटान गर्न लागिएका रूखका विषयलाई लिएर निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रञ्जुहजुर पाण्डे, डा. चिरञ्जीवी भट्टराई, पंकजकुमार कर्ण, भरत बस्नेतलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

जंगलमा चार/पाँच सयभन्दा पुराना रूख रहेकाले कटान गर्दा जंगल विनाश हुनुका साथै वन क्षेत्रलाई कंक्रिटमा परिणत हुने भनेर दायर गरिएको  रिटको सुनुवाइ गर्दै सर्वोच्चले  यथास्थितिमा विमानस्थल निर्माण कार्य अघि नबढाउन आदेश दिएको हो । सर्वोच्चले दुवै पक्षसँग छलफल गरेर अर्को आदेश दिने र उक्त समयसम्मका लागि कुनै पनि कार्य अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments