निजामती कर्मचारीले बहुविबाह गरे बर्खास्त गरिने

आइतवार, मंसिर १५, २०७६



काठमाडौं। सरकारले निजामति कर्मचारीले बहुविबाह गरे बर्खास्त गर्ने भएको छ ।  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बहुबिबाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने गरि व्यवस्था थप गर्ने गरी प्रतिवेदन तयार पारिएको छ ।

फौजदारी संहितामा अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे स्वतः बदर हुने व्यवस्था छ । फौजदारी संहिताअनुसार अघिल्लो विवाह कायम रहँदा रहँदै अर्को विवाह गरे त्यस्तो विवाह स्वतः बदर हुने छ भने, संघीय निजामति सेवामा राख्न प्रस्तावित व्यवस्थाअनुसार त्यस्ता व्यक्ति निजामति कर्मचारी रहेछन् भने जागिर बर्खास्तीमा पर्नेछन्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata