सहसचिव र उपसचिवमा निजामति कर्मचारीले खुला प्रतिस्पर्धा गर्न नपाउने

शुक्रबार, भदौ २०, २०७६



काठमाडौं । स्थायी सरकारको रुपमा चिनिने निजामती कर्मचारीले सहसचिव र उपसचिवमा अब खुला प्रतिस्पर्धा गर्न नपाउने भएका छन ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिस्पर्धा गर्न नपाउने नयाँ प्रावधानमा सहमति गरेका छन ।

सहसचिव र उपसचिवमा प्रतिस्पर्धा गर्ने कर्मचारीले अब राजीनामा दिएर मात्रै परिक्षामा खुला प्रतिस्पर्धा गर्न पाउने प्रावधान ल्याइएको हो । यस अघि निजामति कर्मचारीहरुले पदमा रहेर नै माथिल्लो तहका लागि प्रतिस्पर्धा गर्र्दै आइरहेका थिए ।

यस प्रावधानले  निजामति कर्मचारीको हकहित विपरित रहेको भन्दै गुनासो गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata