आख्यानकार तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ बजारमा

शनिबार, कार्तिक २, २०७६



काठमाडौं । उपन्यासकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ हिजो(शुक्रबार) सार्वजनिक  भएको छ। राजधानीको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा समीक्षक राजकुमार बानियाँ, कथाकार उमा सुवेदी र पत्रकार एवं कथाकार विमल नेपालले ‘निहारिका’ विमोचन गरेका हुन्।

उपन्यासमाथि बोल्दै कथाकार विमल नेपालले निहारिकाको माध्यमबाट लेखकले सामाजिक विभेदको यथार्थ उजागर गरेको बताए।  यस्तै अर्का वक्ता उमा सुवेदीले नारी पात्रको अन्तरजातीय प्रेम र नारी पात्रको सामाजिक संघर्षलाई निहारिकाले सशक्त ढङ्गले उठाएको बताइन्। समीक्षक राजकुमार बानियाँले भने लेखक तिवारीले परम्परागत शैली पछ्याए पनि दलित जनजीवनको स्वर उठाउन सक्नु नै ठूलो कुरा रहेको बताए।

लेखक तिवारीको यो तेस्रो उपन्यास हो। यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ। यस्तै विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन्।

‘निहारिका’मा पनि उनले अन्तरजातीय प्रेमसम्बन्ध र जातीय छुवाछुतको मुद्दा उठाएका छन्। ‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९९ राखिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata