निगमकाे जग्गा अधिकरण प्रक्रिया स्थगित

आइतवार, बैशाख २९, २०७६



कैलाली । नेपाल आयल निगम क्षेत्रीय कार्यालयको जग्गा अधिकरण प्रक्रिया स्थगित गरिएको छ । भण्डार क्षमता बढाउने र डिपो सार्ने भन्दै २ वर्ष पहिले शुरु गरिएका प्रक्रिया विवादित बनेपछि स्थगित गरिएको हो ।

भण्डारण क्षमता बढाउने योजना कार्यान्वयनमा नआएपछि बेला–बेलामा अभाव हुने पेट्रोलियम पदार्थको समस्या अझै बढ्ने देखिएको छ । नेपाल आयाल निगम क्षेत्रीय कार्यालय धनगढीको भण्डारण क्षमता नहुँदा बेला बेलामा पेट्रोलियम पदार्थको हाहाकार हुने गरेको छ ।

त्यो सँगै धनगढी उपमहानगरको बस्तीबीचमा आयल निगमको डिपो राखिदा जोखिम झनै बढेको छ । डिपो सार्न पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीय महादेव गिरिको गुनासो छ ।

निगमको भण्डारण क्षमता कम भएकै कारण बेला–बेलामा सर्वसाधारणले सास्ती भाग्नु परेको उनको भनाई छ । मौकाको फाइदा उठाउँदै बजारमा कालोबजारी समेत बेला बेलामा मौलाउने गरेको छ ।

डिपो सार्ने र भण्डारण क्षमता बढाउने प्रक्रिया सुरु भयो भनिएको वर्षौ बित्दा पनि उपलब्धि देखिएको छैन । जग्गा नै नपाइए पछि हाल टेन्डर पक्रिया नै स्थगित भएको छ ।

यद्यपि नेपाल आयाल निगम धनगढीका प्रमुख सर्पराज शर्माले भने भण्डार क्षमता बढाउने र डिपो सार्ने विषयमा केन्द्रको ध्यानार्कषण गराइरहेको बताए । हाल नियमसँग डिजेलको लागी ३ दिन सम्मको भण्डारण क्षमता रहे पनि पेट्रोलियम पदार्थ भने एक दिन पनि ढुवानी गर्न नसक्दा हाहाकार हुने गरेको छ ।

दैनिक रूपमा भारतबाट पेट्रोलियम पर्दाथ ल्याउनै पर्ने बाध्यता रहेको छ । समस्या समाधानको लागि निगमको भण्डारण क्षमता बढाउनुको विकल्प नभएको शर्माको भनाई छ ।

एकातिर भण्डारण क्षमता नहुँदा बेला बेलामा समस्या हुने गरेको छ भने अर्को बस्तीको बीचमा निगमको डिपो हुँदा बस्ती नै जोखिममा छ । तर आयल निगम भने विभिन्न बहाना बनाउँदै झारा टार्ने काम गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata