“”

निधि फेरि गृहमन्त्री !

बिहिबार, बैशाख २१, २०७४



प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको विषयलाई राजीनामा दिएका गृहमन्त्री विमलेन्द्र नीधिलाई फेरि गृहमन्त्रीमा नै फर्काउन छलफल सुरु भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले अब विवाद गर्नुभन्दा गृहमन्त्रीको जिम्मेवारीमा फर्किन आग्रह गरेका छन् । बुधबार साँझ पार्टी कार्यालयमा सभापति देउवा र निधिबीच एक घण्टा भएको छलफलमा फेरि निभिले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने विषयमा छलफल भएको छ । कांग्रेसका एक नेताका अनुसार सभापति देउवाले फेरि गृहमन्त्रीमा फर्किन आग्रह गरेका छन् तर निधिले तत्काल अस्वीकार गर्दै एउटा सर्त अघि सारेका छन् ।

तत्काल गृह मन्त्रालयमा फर्किदा पछि पार्टीको नेतृत्वमा सरकार बन्दा पाउने स्थान पनि सुनिश्चित हुनुपर्ने बताएका छन् । जवाफमा देउवाले त्यसको विषयमा पछि छलफल गर्न सकिने र अहिले चुनावको मुखमा गृहमन्त्री नहुँदा सन्देश पनि राम्रो नजाने र पार्टीका लागि पनि महत्वपूर्ण हुने भएकाले फर्किन भनेका थिए । ‘सभापतिको आग्रहपछि निधि फर्किने विषयमा सकारात्मक हुनु भएको छ’ एक नेताले नेपालपाटीलाई भने, ‘आज बिहीबार साचेर जवाफ दिन्छु भन्नु भएको छ फर्किने भए आईतबारसम्म निधिले मन्त्रालय सम्हालि सक्नुहुनेछ ।’
प्रहरी महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सुरु भएको देउवा र निधिबीच असमझदारी महाभियोगको प्रस्तावमा आएर राजीनामासम्म पुगेको थियो । महाअभियोग प्रस्तावका विषमया कांग्रेसभित्र विवाद देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल पनि त्यसको विपक्षमा उभिएका छन् ।

3190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank