देशको अर्थतन्त्रको चाबी समातेका महरा ‘गरिब’, सम्पत्तिमा निधिले सबैलाई उछिने

बुधबार, मंसिर २९, २०७३



काठमाडौ ।
देशको सम्पुर्ण कोषको साँचो खल्तीमा हालेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा वर्तमान सरकारमा दोश्रो गरिब मन्त्री बनेका छन् भने उपप्रधानमन्त्री तथा गृह मन्त्री सबैभन्दा धनी । नीधिको नाममा सुन ६० तोला र चाँदी १५० तोला रहेको छ ।

सुन र चाँदी दाइजोबाट प्राप्त भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र नीधिबाट हस्ताक्षर भएर जारी भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै उनीसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ । उपप्रधान तथा गृहमन्त्री निधीले सबै आम्दानीको स्रोतको रुपमा पारिश्रमिक, भ्रमण भत्ता र कृषि आयलाई देखाएका छन् ।

यस्तै उनले पारिश्रमिक, भ्रमणभत्ता, कृषि आय आदिबाट आर्जन भएको पैसाले भक्तपुरको कटुञ्जेमा १२ लाख ५० हजारमा १ रोपनी जग्गा किनेको उल्लेख छ । उनले भक्तपुरको कटुञ्जेमै ६ आना जमीन १३ लाख ५० हजार रुपैयाँमा किनेको विवरण सार्वजनिक गरेका छन् । उक्त जमीन किन्ने पैसा पारिश्रमिक भत्ता, भ्रमण भत्ता, कृषि आदिबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

सोही स्थानमा निधिका नाममा थप ३ आना जग्गा छ । त्यसको खरिद मूल्य ३ लाख ८० हजार रहेको विवरणमा उल्लेख छ । यस्तै भक्तपुरकै कटुञ्जेमा उनको नाममा रहेको थप ४ आना जमीनको भने खरिद मूल्य उल्लेख गरिएको छैन ।

तराईमा १९ विघा जग्गा
उपप्रधान तथा गृहमन्त्री नीधिको नाममा धनुषा जिल्लामा मात्र विभिन्न कित्तामा १९ विघा जमीन छ । धनुषा जिल्लाको नगराई गाविसका विभिन्न वडामा ती जमीन रहेको विवरणमा उल्लेख छ ।

बैंक ब्यालेन्स २९ लाख
उपप्रधानमन्त्री  तथा  गृह निधिको नाममा विभिन्न बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ । हिमालय बैंकमा १४ लाख ३७ हजार ५ सय ९३ रहेको छ । उक्त पैसाको आम्दानीको स्रोतको रुपमा जग्गा बिक्री, पारिश्रमिक भत्ता, भ्रमण भत्ता आदि रहेको उल्लेख गरेका छन् । यस्तै हिमालय बैंकमै थप १४ लाख छ । उक्त रकम निधिको पत्नीको नाममा रहेको छ ।

यस्तै अनकल निधीका नाममा कृषि विकास बैंकमा २९ हजार रहेको छ ।

साढे १३ लाख उठाउन बाँकी
गृहमन्त्री निधिको नाममा करिब १३ लाख ५० हजार रुपैयाँ विभिन्न व्यक्तिबाट उठाउन बाँकी छ । ऋण तथा सापटी मागेर लगेका र कृषि व्यवसायबाट पाउनु पर्ने उक्त पैसा उठाउन नसकेकोसम्पत्ति विवरणमा उल्लेख छ ।

निधिका नाममा २०५४ सालमा ७ लाख रुपैयाँमा खरिद भएको एउटा निशान भ्यान समेत छ । यस्तै उपप्रधानमन्त्री निधिसँग २ हजार १ सय ६० कित्ता साधारण शेयर रहेको छ ।

महरासँग दुई तले घर र एक तले गोठ
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराका नाममा रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर र १ तले गोठ छ । हाल उक्त घर स्थानीय सहकारी संस्थाले प्रयोग गरेको महराको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै लिवाङ मै ८ रोपनीको सुख्खा पाखो छ । उक्त जमिन पनि उत्पादनमा प्रयोग नभएको उल्लेख छ ।

यस्तै उनको नाममा कत्ति पनि सुन चाँदी नरहेको उल्लेख छ । महराको नाममा एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata