एनआईसी एसियाले ल्यायो ग्राहकमाझ धनवर्षा मुद्दती योजना

बुधबार, माघ २६, २०७३



काठमाडौं । एनआइसी एसिया बंैकले व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी हालै ल्याएको ूधनवर्षा मुद्दती खाता प्रति ग्राहकहरुको चासो बढेको भन्दै सीमित संस्थागत ग्राहकहरुका लागि समेत यो सेवा उपलब्ध गराएको छ ।

ूधनवर्षा मुद्दतीू योजना व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याएको हो । यस योजना अन्तर्गत सरकारी तथा सरकारी स्वामित्वमा रहेका संस्था एवम् संस्थानहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरु र पब्लिक लिमिटेड कम्पनीहरु बाहेकले खाता खोल्न सक्नेछन् ।

यस योजना अन्तर्गत प्रदान गरिने १२ प्रतिशत व्याज दर समग्र बंैकिङ्ग क्षेत्रमै प्रदान गरिएको उच्च व्याज दर मध्ये पर्दछ । एक वर्ष मुद्दती खातामा प्रदान गरिने अहिलेको अवस्थाको औसत व्याज दर भन्दा निकै बढी हो । यस योजना अन्तर्गत प्रदान गरिने मासिक व्याज भुक्तानीले गर्दा ग्राहकहरुको दैनिक आवश्यकता पूर्ति गर्नका लागि मासिक रुपमा नियमित नगद प्रवाह भइरहने हँुदा यस योजना ग्राहकवर्ग माझ अझ लोकप्रिय बनेको बैंकको भनाई छ ।

यो योजना सीमित अवधिका लागि मात्र भएको हँुदा बंैकले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई समयमै खाता खोली आफ्नो वचतमा उच्च व्याजदर प्राप्त गरी सुरक्षित रहनु हुन अनुरोध समेत गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata