एन आई सी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

बुधबार, पुस ५, २०७४



काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाउन सफल भएको छ । बैंकले यही पुस ३ गते सोमवार World HRD Congress, Employer Branding Institute and Stars of the industry Group द्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित NEPAL BFSI EXCELLENCE & LEADERSHIP AWARDS 2017 कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको BEST BRAND AWARD (BANKING SECTOR) / BEST EMPLOYER BRAND AWARD पाउन सफल भएको हो ।

World CSR Day & World Sustainability का संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको थियो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पु¥याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments