एनआई सी एशिया म्यूचुअल फण्डको बिक्री खुल्ला,प्रत्येक वर्ष नगद लाभांश वितरण गर्ने

शुक्रबार, पुस २८, २०७४

loading...


काठमाडौं । एनआई सी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआई सी एशियाग्रोथ फण्ड (Mutual Fund) यही मिति २०७४ माघ २ गते देखि बिक्री खुल्ला हुँदैछ ।

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफलभन्दाम्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअलफण्डप्रति आर्कषण बढदै गहिरहेको छ । उक्त म्यूचुअल फण्डले औषतबार्षिक रुपमा न्यूनतम १६ प्रतिशत सम्म नगद लाभांश दिने अपेक्षा एनआई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेलले बताए । साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनिहरुलाई प्रत्येक वर्ष नगद लाभांश वितरण गर्नेछ ।

एनआई सी एशिया क्यापिटल लि.ले यो योजनाका इकाईहरु यही माघ २ गते, मंगलबार देखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार १ अरव रुपैयाको रहेको छ । जस मध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक श्री एनआई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाखइकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।

यो म्यूचुअलफण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछन । उक्त इकाईहरु श्री नेपाल स्टक एकस्चेन्जलि.मा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा खरिद बिक्रीगर्ने व्यवस्था मिलाईने कुरा प्रमुख कार्यकारी अधिकृत ढुङ्गेलले बताए ।

109 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!