एनआईसी एशिया बैंकको शाखा सिन्धुलीमाडी र बेसीशहरमा पनि

आइतवार, पुस २३, २०७४



काठमाडौं । एन आई सी एशिया बैंकले सिन्धुलीको सिन्धुलीमाडी र लम्जुङको बेसीशहरमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुलीमाडी र बेसीशहर नगरपालिका वडा नं ०७, बेसीशहर, लम्जुङ्गमा आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

सिन्धुली जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष बिनेश कुमार श्रेष्ठले सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले बेसीशहर शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको सुचना अधिकारी रोशन कुमार न्यौपानेले जानकारी दिए ।

192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank