मकावनपुरको भिमफेदीमा एन आई सी एशियाको नयाँ शाखा

शुक्रबार, फाल्गुन २५, २०७४



काठमाडौं । एन आई सी एशिया बैंकले मकपानपुरको भिमफेदीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मकावनपुर स्थित भिमफेदी शाखाको आज एक समारोहका बिच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरेका हुन् ।

भिमफेदी शाखा सञ्चालनसँगै देशभर १ सय ८१ शाखा कार्यालयहरु, १ सय ८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढि रेमिटान्स पेआउट एजेन्टहरु सहित राष्ट्रकै सर्वाधिक बढि बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एन आई सी एशिया बैंक स्थापित भैसकेको छ ।

बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु छन र ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank