एन आई सी एशिया बैंकको आँबुखैरेनी र गोरखामा पनि शाखा सञ्चालन

सोमवार, पुस २४, २०७४



काठमाडौं । एन आई सी एशिया बैंकले तनहुँको अवुखैरेनी र गोरखाको हमटारी गोरखामा पनि आफ्नो शाखा विस्तार गरेको छ । आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ र गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखामा आज एक समारोहका बिच औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याएको हो ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाबाट आँबुखैरेनी शाखा र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीबाट गोरखा शाखाको औपचारिक रुपमा उद्घाटन भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको सुचना अधिकारी रोशन कुमार न्यौपाने जानकारी दिए ।

268 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank