मार्तडीमा पहिलो निजी वाणिज्य बैंक

बिहिबार, साउन २६, २०७४

loading...


काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पु¥याएको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसादपौडको प्रमुख आतिथ्यतामा एन आई सी एशिया बैंक र यु. के. एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको छ । एनआई सीएशिया बैंक सक्षमको सहकार्यमा बाजुरा जिल्लाको मार्तडीमा शाखा संचालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ ।

यस अघि ६ जुलाई, २०१७ मा उक्त शाखा कार्यालयको प्रारम्भिक उद्घाटन भएको थियो । शाखा संचालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाताखोली रु ९ लाख ५० हजार निक्षेप संकलन गरेको थियो । उक्त शाखामा ६ अगष्ठ २०१७ सम्ममा ३२० वटा निक्षेप खाताहरुबाट रु १५,५०९,००० क्षरुपी (एक करोड पच्पन्नलाखनौ हजार मात्र) निक्षेप संकलन भैसकेको बैंकले जनाएको छ ।

बैंकले शाखा विस्तार मार्फत सर्वसाधारणहरु विच वित्तीय पहुँच विस्तार गरेकोमा स्थानीय वासीहरु निकै हर्षित भएका छन् । “साथीसँगै सक्षमबन्दै”भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एनआई सी एशिया बैंकले अङ्गिकृत गरेको बैंक पनि साथी पनि भन्ने नारा अझ जनप्रियबन्ने बैंकले विश्वास लिएको छ । बैंकले मार्तडी शाखाको अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखा रहित बैंकिङ्ग सेवा स्थापना गर्ने जनाएको छ ।

सन् २०२० सम्ममा वित्तीय सबली करणलाई थप मजबुत पार्ने उद्देश्य सहित ३०० भन्दा बढी शाखा, १००० भन्दा बढी एटिएम र १,००० भन्दा बढी शाखा रहित बैंकिङ्ग सेवाजस्ता योजना रहेको जानकारी दिँदैमार्तडी शाखा तथा शाखा रहित बैंकिङ्ग सेवाबाट आधुनिक बैंकिङ्ग सेवाहरु विस्तार गर्ने तथा विभिन्न व्यवसायिक कृषी, लघुउद्यम, कृषीऔजार, विपन्नवर्ग तथा सानाव्यापार कर्जाउ पलब्ध गराउने जानकारी दिइएको छ ।

239 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank