एन आई सी एशिया बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

बुधबार, पुस ५, २०७४



काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो अर्काे शाखा बाजुराको मार्तडीमा सञ्चालनमा ल्याएको छ । अति दुर्गम तथा ग्रामिण भेगमा समेत आफ्नो सेवा बिस्तार गर्ने उदेश्य अनुसार यस बैंक र यु. के. एड को लगानीमा सञ्चालित सक्षम एक्सेस टू फाइनान्स सँगको सहकार्यमा बडीमालिका नगरपालिका वार्ड नं. ८, मार्तडीमा यही साउन २२ देखि शाखा सञ्चालनमा आएको भएपनि उक्त शाखा कार्यालयको यही पुस ४ गते मंगलबार नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेको प्रमुख बडीमालिका नगरपालिकाका मेयर पदम बडुवालले उद्घाटन गरे ।

“साथी सँगै सक्षम बन्दै” भन्ने नाराका साथ अगाडी बढाईएको यस सहकार्यबाट एन आई सी एशिया बैंकले अङ्गिकृत गरेको “बैंक पनि, साथी पनि” भन्ने नारा अझ जनप्रिय बन्ने विश्वास लिएको छ । यस बैंकले मार्तडी शाखा अतिरिक्त उक्त जिल्लामा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा स्थापना गर्नेभएको छ । सक्षम यु. के. एड द्वारा संचालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डि एफ आई डि नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँगको साझेदारीमा नेपालमा कार्य गरिरहेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक पौडेलले ग्रामिण तथा दुर्गम स्थानका जनताहरुबिच बैकिङ्ग पहुँच अभिबृद्दि गर्ने कार्यमा सक्षम तथा एन आइ सी एसिया बैंकको साझेदारी सहितको यस कार्यक्रमले सम्पुर्ण क्षेत्रमा बैंकको पहुँच पु¥याउने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नितीलाई थप सहज बनाएको धारणा राखे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बाजुरा शाखाको सञ्चालन सँगै हाल यस बैंकले नेपाल भरी १४९ शाखा कार्यालयहरु र १४१ ए टि एम काउन्टरहरुबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments