एनआईसी एशिया बैंकलाई डिबेन्चर २०८१-८२ निष्काशन गर्न स्वीकृति

मङ्लबार, पुस ४, २०७४



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘एनआईसी एशियाडिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले रू. १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रू. ३ अर्बबराबरको ‘एनआईसी एशिया डि बेन्चर २०८१-८२’निष्काशन गर्न बैंकलाई स्वीकृति दिएको हो । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

रू. ३ अर्बको ऋणपत्रको ८० प्रतिशत (अर्थात रू. २ अर्ब ४० करोड) व्यक्तिगत तवर (Private Placement) मार्फत्र २० प्रतिशत (रू. ६० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत् निष्काशन गरिनेछ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरीने ऋणपत्रको अवधि ७ वर्ष हुने र मिति२०७४-०९-०४ देखि२०७४-०९-१२ सम्म ७ कार्य दिनको सुचना दिई तत्पश्चात मिति २०७४-०९-१३ देखि २०७४-०९-१७ सम्म ऋणपत्रको बिक्री खुल्ला गरिने छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले (ICRANP) LA – ”  (LAमाइनस) रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यूनकर्जा जोखिम हो । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले “(ICRANP) LA – ”  (Aमाइनस) (ICRA NP Issuer Rating A Minus) रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरीएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक हो ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (NEPSE) मा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको Debt Market को विकासको लागि एक महत्वपूर्ण Milestone हुने बैंकले विश्वास लिएको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिनलगानीको लागि एक विरलै प्राप्तहुन ेएवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा बैंकले अपिल समेत गरेको ह ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata