एनआइसी एशियाले ब्याजदर घटाउने

मङ्लबार, फाल्गुन २९, २०७४



काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीच ब्याजदरका बिषयमा देखिएको असमझदारी टुङ्गिएको छ । एनआईसी एशिया बैंकले अरु बैंकको जस्तै ब्याजदर कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीचको विवाद मिलेको हो ।

अब एनआईसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ । यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र आउँदो चैत्र २ गते शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ ।

मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरु र एनआईसी एशियाबीच विवाद चल्दै आएको थियो ।

एनआर्इसी एशियाले तत्काल व्याजदर घटाउन समस्या हुने भन्दै शुक्रबारसम्म समय लिने प्रतिवद्धता गरेको छ । आगामी दिनमा परिस्थितिअनुसार संघकै निर्णयअनुसार व्याजदर निर्धारण गरिने एनआईसी एशियाका प्रवक्ता सुधिर पाण्डेले भने जानकारी दिए ।

हालै सृजित असहज परिस्थितीले गर्दा दुवै योजनाहरुलाई ग्राहकहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजना बमोजिम निरन्तरता दिन असमर्थ भएकोमा ग्राहकमा पर्न गएको असुविधाका लागी बैंकले क्षमा मागेको छ ।

285 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank