बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा एन आई सी एशियाको नयाँ शाखा सञ्चालन

शुक्रबार, माघ २६, २०७४



काठमाडौं । एन आई सी एशिया बैंकले बझाङको चैनपुर र धादिङ्गको धादिङ्गवेशीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० चैनपुर र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशीमा आज मिति आज एक कार्यक्रमको आयोजना गरि शाखा सञ्चालनमा ल्याएको हो ।

जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र बहादुर खड्काले बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको आज एक कार्यक्रमकाबीच बैंकको शाखा उद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको उुद्घाटन सँगै हाल यस बैंकले देशभर १ सय ७० शाखा कार्यालयहरु, १ सय ६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

204 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank