एन आई सी एशिया बैंकद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

आइतवार, साउन ८, २०७४

loading...


nic-bank

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो सेवाको २० औं वर्ष प्रवेशको अवसरमा ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघ (The Orphans Homes) मा आश्रीत आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ ।

सोहि अवसर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टर्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको nic aisa-bankआयोजना गरेको थियो । जस्मा करीब १५० जना रक्तदाताले रक्तदान गरि सहयोग गर्नु भयो ।

बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

336 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank