एन आई सी एशियाले थप्यो एकै दिन दुई शाखा

सोमवार, चैत्र २८, २०७३



काठमाडौँ । एन आई सी एशिया बैंकको विभिन्न २ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आईतबार सुरु गरेको छ ।
नयाँ थपिएका शाखाहरु मध्ये बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोविन्द प्रसाद पौडेलले संयुक्त रुपमा, तथा झुम्का सुनसरी स्थित ८७ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रिसाल एवं झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष श्री सगेन चौधरीले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments