एनआईसी एशियाको एटीएम सेवा सुचारु

सोमवार, भदौ १६, २०७६



काठमाडौं । एनआईसी एशिया बैंकको एटीएम सेवा  गत आइतबारदेखि अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।

सेवा संचालनमा आएसँगै बैंकको एटीएम कार्ड बाहकहरुले एनआईसी एशिया बैंकको एटीएम तथा पीओएस मेसिन प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।

 बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि सेवा स्थगन गर्न परेकोमा बैंकले क्षमायाचना गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata