एन आई सी एशिया बैंकको सर्लाहीको कबिलासीबाट सेवा सुभारम्भ

बिहिबार, जेष्ठ ३१, २०७५



सर्लाही । नेपाल सरकार तथा नेपाल राष्ट्र बै‌कको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले शाखा विस्तार गरेको छ ।

विहिबार एनआईसीको नयाँ शाखा सर्लाहकिो कबिलासी नगरपालिका, वडा – ८ मा बिस्तार भएको छ । शाखाको कबिलासी नगरपालिकाका मेयर किशोर यादव उद्घाटन गरेका छन् । बैंकले आम जनमानसले विश्वास जित्न सफल भएको बैंकले दावी गरेको छ । हाल उक्त बैंकको मुलुकभर २२४ शाखा कार्यालयहरु, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको एनआयसी एसियाका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू १४१ अर्ब पुगि निजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११८ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank