बैंकर्स संघ संविधान विपरीत कार्टेलिङमा : एनआईसी एसिया

शुक्रबार, फाल्गुन २५, २०७४



काठमाडौं । नेपाल बैँकर्स एशोसिएसनले वित्तीय बजारलाई सिन्डिकेट लाउने गरी निर्णय गरेपछि एनआईसी एशिया बैंकले त्यसलाई अस्वीकार गरेको छ ।

ब्याजदर घटाउन नमानेकै कारण नेपाल बैंकर्स संघले एनआईसी एशियासँग अन्तर बैंक कारोबार रोक्ने निर्णयलाई एनआईसी एशियाले कार्टेलिङ भन्दै विरोध गरेको छ ।

आज विज्ञप्ती निकालेर एनआईसी एशियाले नियमन र अनुगमन गर्ने राष्ट्र बैंक हुँदाहुँदै निश्चित स्वार्थका लागि आमउपभोक्तामाथि अन्याय गर्न नमिल्ने जनाएको छ । एनआईसी एशिया बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले एशोसियसनको निर्णय गलत भएको बताए । बैंकले आफ्नो ब्यवसाय विस्तार गर्ने क्रमलाई निरन्तरता दिने जनाएको छ।

‘बजार अर्थतन्त्रमा सबैले स्वतन्त्र रुपमा कारोबार गर्न पाउँछन्’ उनले भने, ‘त्यसलाई कसैले पनि अबरुद्ध गर्नु हुँदैन।’

उनले सर्वसाधारणको १२४ अर्ब रुपैयाँ निक्षेप बोकेको बैंकप्रति असहज ब्यवहार गर्दा समग्र प्रणालीलाई नै अप्ठेरो पर्ने भन्दै त्यस्तो अभ्यास कसैले पनि गर्न नहुने बताए।

बैंकर्स संघले विगतमा गरेको सहमति सक्दो एनआइसी एसिया बैंकले पालना गरेको बताउँदै न्यौपानेले समग्र अर्थतन्त्र र ग्राहक वर्गको हितका लागि ब्याज बढाएर निक्षेप संकलन गर्नु परेको दावी गरे। ‘कार्टेल गरेर ब्याजलाई तल झार्न सकिँदैन। तरलता प्रवाह गरेर मात्र ब्याज दर तल आउने होु उनले भने, ‘अहिले बजारमा तरलता अभाव भएका कारण बढि ब्याजमा पैसा लिएर ब्यापार विस्तार गर्नु पर्ने अवस्था आएको हो।

२७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

283 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank