एनआईसी क्यापिटल लिमिटेडद्वारा निः शूल्क डीम्याट सेवा सञ्चालन

शुक्रबार, जेष्ठ १९, २०७४



एनआईसी एशिया क्यापिटल लिमिटेडले नयाँ ग्राहकलाई केन्द्रीत गरेर विशेष छुटमा डीम्याट सेवा सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले एनआईसी एशिया क्यापिटलमा निःशूल्क डीम्याट खाता खोल्न सक्नेछन् । लिमिटेडले पहिलो वर्षको डीम्याट खाता संचालनलाई पनि निःशूल्क बनाउने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकको देशैभरी रहेको १ सय १५ भन्दा बढी शाखामार्फत निः शूल्क डीम्याट खाता खोल्न तथा संचालन गर्न सकिने छ ।

डीम्याट खातासँगै एनआईसी एशिया क्यापिटलले पूँजी बजारमा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments