एनआइसी एशियाको चार अर्व बराबरको ऋणपत्र

बुधबार, कार्तिक ७, २०७५



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट एक हजार दरका ४० लाख कित्ताले हुन आउने रु.४ अर्व बराबरको“११५ एनआई सी एशिया ऋणपत्र २०८५/ ८६”निष्कासनको निमित्त नेपाल एसबि आईमर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

यस अघि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको “११५   एनआई सी एशिया ऋणपत्र २०८२÷८३”सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुनेविश्वास बै‌कले लिएकोे छ ।

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपालए सबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राज पन्तद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

रु.४अर्व बराबरको ऋणपत्र मध्ये ८०प्रतिशत रु ३अर्ब २० करोड व्यक्तिगत र २०प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १०वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank