बाँकेको त्रिभुवनचोक र सम्झनाचोकमा एनआई सी एशिया बैंकद्वारा सेवा सुभारम्भ  

बिहिबार, अशोज २५, २०७५



काठमाडौं । एनआई सी एशिया बैंकले बाँकेका त्रिभुवचोक र सम्झना चोकबाट एक साथ सेवा सुभारम्भ गरेको छ ।नेपालगञ्जउप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवनचोक शाखाकोएनआइसी एशिया  बैंकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झनाचोक शाखाका नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

बैंकलाई आम जनमानसले गरेको विश्वास, स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा  ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएकाे छ ।

172 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank