एनआइसी एसियाको ऋणपत्र आवेदनमा ओइरो

बिहिबार, भदौ २८, २०७५



काठमाडौं । एनआइसी एसिया बैंकद्वारा यहि भाद्र २१ गते विक्रीखुला गरिएको रु. १ अर्ब ८३ करोड बराबरको “११% एनआई सी एशिया ऋणपत्र २०८२/८३” यक्तिगत तथा संस्थागत लगानिकर्ताहरुबाट आवेदनको ओइरो लागेको बैंकले जनाएको छ ।

७ वर्षको अवधिमा परिपक्व हुने यस ऋण पत्रको व्याज दर ११% रहेको छ । प्रति ऋणपत्र रु. १,००० अंकित मुल्यका १८,३०,००० कित्ताले हुन आउने रु.१,८३,००,००,००० मध्ये रु १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवर (Private Placement) बाट विक्रीखुला गरिएकोमा मिति २०७५ भाद्र २७ सम्ममा करीब रु. २ अर्ब १६ करोड (१४८ प्रतिशत) को आवेदन प्राप्त भएको छ ।

जुन माग गरिएको भन्दा ४८ प्रतिशतले बढी रहेको र त्यसै गरी रु ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्व साधारणका लागि विक्री खुला गरिएकोमा मिति २०७५ भाद्र २७ सम्ममा करीब रु. ४४ करोड (१२०प्रतिशत) आवेदन प्राप्त भएको, उक्त माग गरिएको भन्दा२० प्रतिशतले बढी रहेको र दुवै तर्फ गरी कुल करीब रु. २ अर्ब ६० करोड (१४२प्रतिशत माग गरिएको भन्दा ४२ प्रतिशतले बढी) को आवेदन प्राप्त गरिएको बैंकले जनाएको छ ।

CARE RATINGS NEPAL बाट यस ऋणपत्रलाई न्यूनकर्जा जोखिम (Low Credit Risk) जनाउने “] “CARE – NP A” को ग्रेडिङ्ग तथा बैंकलाईICRA Nepal Limited ले“ICRANP – IR] A -“-AdfOg;_ -ICRANP Issuer Rating A Minus_, CARE RATINS NEPAL लिमिटेडले ““CARE-NPA(Is)””ग्रेडिङ्ग प्रदान गरेको छ ।
जारी गरिएको ऋणपत्र द्वितिय बजार Secondary Market मा खरीदविक्रीको लागि सूचिकृत गरिनेछ ।

नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशिल क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएता पनि ऋण पत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुपथप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

यस्ता दीर्घकालिन ऋण पत्रहरुले व्याजदरको उतारचढाव सम्बन्धी हाल बिद्यमान अवस्था र बैंकिङ्ग क्षेत्रमा बिकराल समस्याको रुपमा रहेकोAsset Liability Maturity Mismatchnf लाई केहि हदसम्म सम्बोधन गर्ने र दीर्घकालीनम्भदतsfnLgDebt Instrument को अभावमा बैंक तथावित्तीय संस्थाहरुले हालभोगिरहेको छोटो अवधिको निक्षेपबाट लामो अवधिको कर्जा प्रदान गर्नुपर्दा उत्पन्न भएकोAsset Liability को  Structural Mismatch को अवस्थामा केहि हदसम्म भए पनि राहत दिने र सो बाट दीर्घकालिन रुपमा बैंक तथावित्तीय संस्थाहरुको पूँजीको अवस्था अझ सुदृढ हुँदै जाने अपेक्षा गरिएको छ ।

साथै उक्त तथ्यहरुलाइ मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा अझ थप आकर्षक प्रतिफल रहने गरी विभिन्न भुक्तानी अवधिका ऋण पत्रहरु सम्पूर्ण लगानीकर्ताहरु माझ लिएर आउने प्रतिवद्वता पनि व्यक्त गर्न चाहन्छौं ।

व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले बैंक प्रति देखाउनु भएको असीम विश्वास यस ऋणपत्र बिक्री कार्यबाट थपउजागर भएको छ, साथै एक सबल र स्वस्थ बैंकको रुपमा बैंकको ख्यातितथा सम्मान अझ थप प्रस्फुटित हुन गएको छ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, ASBA सदस्य, बैंक तथावित्तीय संस्थाहरु, विक्री प्रबन्धक, नियमनकारी निकाय लगायत सम्बन्धित सबै निकायहरुमा आभार प्रकट गरेको छ ।

एनआई सी एशिया बैंक लिमिटेड सम्पूर्ण ग्राहकमहानुभावहरु तथाशुभेच्छुकहरुको अपार माया सद्भावप्राप्त गरी बदलिंदो आर्थिक परिवेश तथा समयानुसार थप गतिशील भई सम्पूर्ण नेपाली नागरिकहरु माझ आफ्ना देशभरिका २४४ शाखा सञ्जाल, २३८ एटिएम, १८ शाखा रहित बैंकिङ्ग तथा १४ एक्सटेन्सन काउन्टर मार्फत करीब रु. १५९ अर्बको निक्षेप संकलन गर्न सफल भएकाे छ ।

बै‌कले करीब रु. १३२ अर्बको कर्जा प्रवाहतथा करीब १२ लाखभन्दा बढी ग्राहकहरुलाई आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै समग्र बैंकिङ्ग क्षेत्रमा सुदृढ, सबल,गतिशील,विश्वसनीय एवम् उत्तरदायी बैंकको रुपमा स्थापित भैसकेको छ ।

त्यस्तै गरी चुस्त आन्तरीक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिंदै आफ्नो छुट्टै अलगपहिचान सहितको बैंकिङ्ग कारोवार सञ्चालन गर्न बैंक सफल भएको छ ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank